एक वृद्धको नहरमा खसेर मृत्यु
हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिकामा राप्ती खोलाको नहरमा खसेर एक वृद्धको ज्यान गएको छ। मनहरी गाउँपालिका ६ सुनाचुरीस्थित राप्ती खोलाको कलभर्ट सफा गर्ने क्रममा नहरमा खस्दा स्थानीय ७५ वर्षीय वृद्ध इन्द्रबहादुर तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिएका छन्।