प्रतिपक्षसँगको सहकार्यमा काम खोज्न बिदेश जानुपर्ने बाध्यताको अन्त्य गर्छुः प्रधानमन्त्री ओली को दाबी
काठमाडौं, १५ असार प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको दाबी गरेका छन् । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै ओलीले सो सहकार्य गर्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सत्ता–प्रतिपक्ष भनेको आवधिक मात्र भएको भन्दै भने, ‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् , विकास र समृद्धि सबैको आवश्यकता हो , देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’
प्रधानमन्त्री ओलीले भावी सन्ततिले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितिको अन्त्य गर्नुपर्ने समेत बताए उनले भने, ‘भावी सन्ततिलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन । मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।’
प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए । नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुचि राख्छन् तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’
कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताए । ‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जति बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको दाबि गरेकाछन ।