नेपालको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०२७ मा हुने बेलायत भ्रमणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार तालिका सार्वजनिक गरेको हो।
तालिकाअनुसार नेपाली टोलीले जुन १ देखि १२ सम्म स्कटल्याण्ड, बंगलादेश र आयरल्याण्डसँग कुल ६ खेल खेल्नेछ। भ्रमणको मुख्य आकर्षणका रूपमा नेपालले ऐतिहासिक लर्ड्स मैदानमा टेस्ट राष्ट्र बंगलादेशसँग जुन ३ मा टी–२० खेल खेल्नेछ।
नेपालले भ्रमणको सुरुवात जुन १ मा वर्मस्ली मैदानमा स्कटल्याण्डसँग एकदिवसीय खेल खेलेर गर्नेछ। त्यसपछि जुन ६ मा आयरल्याण्डसँग एकदिवसीय खेल खेल्नेछ।
नेपाल र आयरल्याण्डबीच जुन ९ मा पहिलो टी–२० खेल हुनेछ। भ्रमणको अन्तिम दुई खेल जुन ११ र १२ मा बेकेनह्याम मैदानमा हुनेछन्।