बर्खास्त गरिएका एआईजी वंशीराज दाहालद्वारा सरकारको निर्णयविरुद्ध पुनरावेदन
संवेदनशील सूचना चुहाएको आरोपमा सेवाबाट बर्खास्त भएका सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सरकारको निर्णयविरुद्ध पुनरावेदन दिएका छन् ।
दाहालले गृहमन्त्रीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुनरावेदन निवेदन दिएका हुन् । उनको निवेदनमाथि निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्सँग रहेको छ ।
मन्त्रिपरिषद्ले यसअघि गरेको बर्खास्तीको निर्णय सदर गरेपछि मात्रै दाहाललाई अदालत जाने बाटो खुल्नेछ । त्यसैले उनले पहिलो चरणमा मन्त्रिपरिषद्मै पुनरावेदन दिएका हुन् ।
सरकारले संवेदनशील सूचना चुहाएको र पदीय आचरणविपरीत काम गरेको आरोपमा गत असोज २३ गते दाहाललाई सेवाबाट बर्खास्त गरेको थियो ।