च्याम्पियन्स लिगमा पीएसजीको गोल वर्षा, भिल्लारियल ६–० ले पराजित
च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले स्पेनिस क्लब भिल्लारियललाई ६–० गोलले पराजित गरेको छ।
बुधबार बिहान सम्पन्न खेलमा पीएसजीका लागि फाबियन रुइजले दुई तथा जोआओ नेभेस, डेजिरे डुए, सेनी मायुलु र डेभिड बोलीले एक–एक गोल गरे।
पीएसजीले खेलको सुरुवाती १७ मिनेटमै चार गोल गरेको थियो। जितसँगै चार खेलबाट १२ अंक जोडेको पीएसजी तालिकाको शीर्ष स्थानमा कायम छ। भिल्लारियल तीन अंकसहित २९औँ स्थानमा छ।