रामहरि खतिवडाद्वारा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खतिवडाले खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
ओखलढुंगाका खतिवडा कांग्रेस राजनीतिमा सक्रिय नेता हुन्। महाधिवेशनअन्तर्गत कांग्रेसको केन्द्रीय कार्यसमितिका विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।