कृष्णभीर पहिरोपछि एसटिसी सिलिन्डरमा ग्यास भरेर उपत्यका पठाइँदै
पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट ट्रेडिङ कर्पोरेसनले निजी ग्यास कम्पनीसँग सहकार्य गरी एसटिसी सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाउन थालेको छ।
धादिङको जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यास बुलेट पुग्न नसकेपछि मनोज र बाबा ग्यासका प्लान्टबाट सिलिन्डर बोटलिङ गरी वैकल्पिक मार्ग हुँदै उपत्यका ल्याउन लागिएको हो। पहिलो चरणको ग्यास शुक्रबारसम्म काठमाडौं आइपुग्ने कर्पोरेसनले जनाएको छ।
कर्पोरेसनले मासिक ५५ देखि ६० हजार सिलिन्डर खपत गर्दै आएको छ। यस्तै, नुनको ६ महिनालाई पुग्ने मौज्दात रहेको तथा निजी क्षेत्रले महँगोमा बिक्री गरिरहेको चिनी प्रतिकिलो १०० रुपैयाँमा बिक्री गरी बजारमा हस्तक्षेप गरिरहेको जनाएको छ।