नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ।
महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर ३ लाख २ हजार २०० रुपैयाँमा कायम भएको छ।
त्यस्तै, १० ग्राम सुनको मूल्य सोमबार २ लाख ६० हजार ५४५ रुपैयाँ रहेकामा मंगलबार २ लाख ५९ हजार ९० रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला ४ हजार ८०५ रुपैयाँ रहेको चाँदी मंगलबार ४ हजार ७७५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। १० ग्राम चाँदीको मूल्य सोमबार ४ हजार १२० रुपैयाँ रहेकामा मंगलबार घटेर ४ हजार ९४ रुपैयाँ कायम भएको छ।