कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट रुख कटान
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ।
पहिरो हटाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको छ। रुख कटानको काम सकिएलगत्तै उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने मन्त्री लम्सालले बताएका छन्।
सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र पारिएको उनको भनाइ छ।