युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा
युनाइटेड अरब इमिरेट्स (युएई) एसिसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको सेमिफाइनलमा हङकङलाई तीन विकेटले पराजित गर्दै युएई लगातार तेस्रोपटक फाइनल पुगेको हो।
हङकङले दिएको ७१ रनको लक्ष्य युएईले ११.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। तानिस सुरीले २७, अबीद उस्मानीले १६ र अक्षदीप नाथले ११ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो। युएईका हैदर अलीले १० ओभरमा १४ रन खर्चेर ६ विकेट लिए।
अब युएईले फाइनलमा नेपाल र ओमानबीचको सेमिफाइनल विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।