रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु
रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।नेपाल प्रहरीका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत अर्का एकजनाको मृत्यु भएको हो।
मृत्यु हुने दुवै जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ठूलो जनधनको क्षति भएको थियो। बाढीबाट अहिलेसम्म करिब १३ सयजनाको मृत्यु भइसकेको छ। त्यसैगरी ४ हजारभन्दा बढी अझै पनि बेपत्ता रहेका छन्।