रामेछापमा एक थान भरुवा बन्दुक बरामद
रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको हो ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय उमाकुण्डबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।