कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसम्पादन समिति बैठक
नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शनिबारका लागि बैठक बोलाइएको जानकारी दिएका हुन्।
बैठक भदौ २० गते शनिबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ। कावा मुख्यसचिव दुलालका अनुसार बैठकमा भोटेकोशी बाढी विपद् र पार्टीको १५औं महाधिवेशन लगायतका विषयमा छलफल हुनेछ।