बारामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल, ग १४ प २४१ नम्बरको मोटरसाइकल र ग १६ प ५७८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बा.प्र–०६–००८ प ३२३० नम्बरको मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रन्जन शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य २ वटा मोटरसाइकलका चालकहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।