खैरो हेरोइनसहित २ जना पक्राउ
बारामा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । जिल्लाको कलैया उपमहानगरपालिका–६ माछा बजारस्थित गेट ग्रिल पसलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सोही पसलमा काम गर्ने सोही उपमहानगरपालिका–५ बस्ने २२ वर्षीय राजनकुमार साहसहित २ जना रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त पदार्थफेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।