कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, महाधिवेशनबारे छलफल
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा १५औँ महाधिवेशनका विषयमा छलफल हुनेछ। बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन भनिएको छ।