भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण हालसम्म स्वदेशी र विदेशी गरी ४ हजार ८९८ जना बेपत्ता भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता हुनेमा २ हजार ९३० स्वदेशी नागरिक र ६९८ विदेशी नागरिक छन्। थप १ हजार ३५० जना फोन सम्पर्कमार्फत बेपत्ताको सूचीमा दर्ता भएका छन्।
बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार ३४४ शव फेला परेका छन्। तीमध्ये १ हजार ३० वटा शव गाडेर व्यवस्थापन गरिएको छ।
यस्तै, उद्धारका क्रममा ८ हजार ६३१ जना स्वदेशी तथा विदेशी नागरिकको उद्धार गरिएको छ भने ३ हजार ६५५ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि हालसम्म मृतक र आफन्त गरी २ हजार २३२ जनाको डीएनए नमुना संकलन गरिएको छ।