हेटौँडा–काठमाडौँका लागि वैकल्पिक सडक सञ्चालन गरिँदै
काठमाडौं । बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ।
धादिङको कृष्णभिरमा पहिरोका कारण पृथ्वी राजमार्गमा यातायात प्रभावित भएपछि प्रदेश सरकारले सडकको मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो।
मुख्यमन्त्री किरण थापा मगरसहितको टोलीले बिहीबार सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो। प्रदेश सरकारले चालु आर्थिक वर्षमै सडक मर्मत तथा स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको जनाएको छ।
सडक सञ्चालनमा आएपछि मुख्य राजमार्ग अवरुद्ध भएका बेला हेटौँडा–काठमाडौँ आवागमनका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुने अपेक्षा गरिएको छ।