देवीघाटको निर्माणाधीन पुललाई लिएर हिमेश पन्तको पोस्ट विवादमा
रसुवा बाढीपछि नुवाकोटको तादी (देवीघाट)मा निर्माणाधीन एक्रोब्रिजलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हिमेश पन्तले निर्माण सम्पन्न भएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि विवाद भएको छ।
बाढीले तादी खोलाको पुरानो पुल बगाएपछि अहिले उक्त स्थानमा एक्रोब्रिज निर्माणको काम भइरहेको छ। तर, पन्तले पुल निर्माण भइसकेको देखिने एआईबाट निर्मित तस्बिर सामाजिक सञ्जालमा राख्दै नेपाली सेना, सडक विभाग, प्राविधिक तथा श्रमिक टोलीको कामको प्रशंसा गरेका छन्।
उनले देवीघाटमा बेली ब्रिज निर्माणको काम तीव्र गतिमा भइरहेको भन्दै विपद्पछिको सडक सम्पर्क पुनःस्थापनामा खटिएका टोलीप्रति सम्मान व्यक्त गरेका छन्। यद्यपि, पुल निर्माणाधीन रहेकै अवस्थामा निर्माण सम्पन्न भएकोजस्तो देखिने तस्बिर पोस्ट गरिएको भन्दै उनको अभिव्यक्तिमाथि प्रश्न उठेको छ।