शनिबारदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोटको गगने खोलाको पहिरो हटाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो ३ बजेबाट साना तथा मझौला सवारी साधन दोहोरो रूपमा आवतजावत हुन सक्ने गरी सडक सुचारु गरिएको छ। सडक अवरुद्ध हुँदा माथिल्लो कर्णालीको यातायात सेवा ठप्प भएको थियो।