जेन–जी आन्दोलनपछि पक्राउ परेकाका परिवारद्वारा पोखरामा प्रदर्शन
गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि पक्राउ परेकाहरूका परिवार तथा आफन्तले मंगलबार पोखरामा प्रदर्शन गरेका छन्।
मुद्दाको सुनुवाइमा ढिलाइ भएको र आन्दोलनपछि एक वर्ष बितिसक्दा पनि मुद्दाको टुंगो नलागेको भन्दै उनीहरूले पोखराको मुस्ताङचोक (जेन–जी चोक)मा प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीले देशमा राजनीतिक रजाइँ मात्र चलेको भन्दै पक्राउ परेर थुनामा रहेका थुनुवालाई तत्काल रिहा गर्न माग गरेका छन्। त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरूलाई उचित क्षतिपूर्ति तथा आवश्यक उपचारको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।
आफन्तहरूले न्यायिक प्रक्रियालाई शीघ्र अघि बढाई लामो समयदेखि थुनामा रहेका व्यक्तिहरूको मुद्दा तत्काल टुंगो लगाउन सरकारसँग आग्रह गरेका छन्।