ग्यासको सहज आपूर्तिको माग गर्दै ग्यासको सिलिण्डर बोकेर सिंहदरबारमा प्रदर्शन
खाना पकाउने ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ।
विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीले विद्यार्थी तथा सर्वसाधारणले भोग्दै आएको ग्यास अभावको समस्या तत्काल समाधान गरी बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरूले ग्यासको कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारसँग माग गरेका छन्। साथै, उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।