नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको प्रमुख कार्यकारीको जिम्मेवारी दिने निर्णय गरेको हो।
मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत छनोट गरेका उत्कृष्ट तीन उम्मेदवारमध्येबाट साह नियुक्त भएका हुन्।
साहले अन्तिम प्रतिस्पर्धामा कौशल केसी र सञ्जीवकुमार देवलाई पछि पार्दै कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन्। उनी यसअघि पनि नेपाल आयल निगममा विभिन्न जिम्मेवारी सम्हालिसकेका अनुभवी अधिकारी हुन्।