प्रधानमन्त्री बालेन र सभामुख अर्यालबीच भेटवार्ता
प्रतिनिधिसभाको बैठकअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्ता करिब ३५ मिनेट चलेको थियो। भेटपछि सभामुख अर्याल बाहिरिएका छन्।
आज प्रतिनिधिसभाको बैठकसमेत बस्दैछ।