मुलुक रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक : मन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताएका छन्।
ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको उद्घाटन गर्दै मन्त्री खनालले समाज र देशलाई सही दिशामा अघि बढाउन प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए।
अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा गम्भीर बौद्धिक बहस आवश्यक रहेको उल्लेख गर्दै उनले तलब–भत्ताका लागि मात्र हुने आन्दोलनले देश रूपान्तरण गर्न नसक्ने बताए।
पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्ने बताए। क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले समयानुकूल र व्यावहारिक शिक्षामा जोड दिँदै क्याम्पस अघि बढ्ने बताए।