सिरहाको गोलबजारस्थित जामे मस्जिदमा तोडफोड र आगजनी, पुस्तकसहितका सामग्री नष्ट
सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको छ।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको विवादका क्रममा साउन १४ गते गोली लागेर एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावबीच मस्जिदमा तोडफोड र आगजनी भएको हो।
आगलागीका कारण मस्जिदभित्र रहेका धार्मिक पुस्तक तथा अन्य सामग्री जलेर नष्ट भएका छन्।
घटनापछि स्थानीय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।