बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु
चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ शाहीचोकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
महोत्तरीबाट काठमाडौं जाँदै गरेको बसले सोमबार बिहान बाटो काट्दै गरेका अन्दाजी ३५ वर्षीय पुरुषलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा बिहान ३ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको पहिचान खुल्न सकेको छैन। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।