यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०८ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०९ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ २३ पैसा र बिक्रीदर १९१ रुपैयाँ ९८ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलरको १११ रुपैयाँ १७ पैसा र १११ रुपैयाँ ६१ पैसा तथा सिङ्गापुर डलरको १२० रुपैयाँ ४५ पैसा र १२० रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७४ पैसा र २२ रुपैयाँ ८३ पैसा तथा साउदी अरेबियन रियालको ४० रुपैयाँ ७० पैसा र ४० रुपैयाँ ८६ पैसा कायम गरिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा रहेको छ।
त्यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा, युएई दिरामको ४१ रुपैयाँ ६१ पैसा र ४१ रुपैयाँ ७७ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ८४ पैसा र ३७ रुपैयाँ ९९ पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको १६ रुपैयाँ १५ पैसा र १६ रुपैयाँ २१ पैसा तथा डेनिस क्रोनर एकको २३ रुपैयाँ ९२ पैसा र २४ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५७ पैसा, कुवेती दिनारको ४९८ रुपैयाँ १९ पैसा र ५०० रुपैयाँ १५ पैसा तथा बहराइन दिनारको ४०५ रुपैयाँ ३४ पैसा र ४०६ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ र बिक्रीदर ३९८ रुपैयाँ ५१ पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दरका लागि केन्द्रीय बैङ्कको वेबसाइट हेर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ।