प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ।
प्रधानमन्त्री शाहसँगको भेटका क्रममा राजदूत श्रीवास्तवले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी गरेको बताइएको छ।