नुवाकोटका सीडीओ भन्छन्– इतिहासकै ठूलो क्षति भयो, केही भन्न सकिँदैन
नुवाकोट — भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले क्षतिको यकिन विवरण आइनसकेको बताएका छन्।
उनका अनुसार तटीय क्षेत्रमा बाढीले इतिहासकै ठूलो क्षति गरेको छ। मानवीय क्षति अत्यधिक भएको बताउँदै उनले अहिले उद्धार तथा क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए।
‘यति भयो भन्ने अवस्था नै छैन, हामी उद्धारमा जुटिरहेका छौँ,’ उनले बताएका छन्।