पहिरोले गोरखाको १२ किलोस्थित फ्युल सेन्टरमा क्षति
गोरखा । लगातारको वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–११ स्थित १२ किलोमा रहेको गोरखकाली फ्युल सेन्टरमा क्षति पुर्याएको छ।
बिहानपख माथिल्लो क्षेत्रबाट खसेको पहिरो र माटोको ढिस्कोले फ्युल सेन्टरको संरचनामा क्षति पुगेको हो। अचानक खसेको पहिरोका कारण पम्प परिसरमा रहेका भौतिक संरचना तथा इन्धन भण्डारण क्षेत्र जोखिममा परेको बताइएको छ।
घटना लगत्तै थप क्षति हुन नदिन स्थानीयवासी, प्रहरी तथा उद्धार टोली परिचालन गरिएको छ। सुरक्षाका लागि आवश्यक व्यवस्थापनको काम भइरहेको जनाइएको छ।
पहिरोबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ। सम्बन्धित निकायले घटनाको अवस्था मूल्यांकन गरिरहेको छ।