नेपाली बजारमा सुनको मूल्य घट्यो, प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार
नेपाली बजारमा सुनको मूल्य आज २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो । त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ५८ हजार ४९० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आज प्रतितोला २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आइतबार प्रतितोला ४ हजार ६४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर ४ हजार ६७० रुपैयाँ पुगेको छ ।