पूर्वराष्ट्रपति भण्डारीद्वारा माधव नेपाल सम्मानित
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी छन्।
तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवस कार्यक्रममा भण्डारीले नेपाललाई सम्मान गरेकी हुन्।
कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो। तुल्सीलाल अमात्यको योगदानको स्मरण गर्दै आयोजित कार्यक्रममा नेपाललाई सम्मान प्रदान गरिएको हो।