सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घट्यो
नेपाली बजारमा सुनको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो।
महासङ्घका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ कायम गरिएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९८ रुपैयाँ कायम गरिएको छ। महासङ्घले सोमबारका लागि सुन तथा चाँदीको उक्त मूल्य निर्धारण गरेको हो।