सुनको मूल्य बढ्यो, तोलाको ३ लाख २२ हजार ७ सय
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।