पुरुषोत्तम यादव रास्वपाको सहमहामन्त्री बने
जेन–जी अभियन्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री बनेका छन्। शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले यादवलाई सहमहामन्त्रीको जिम्मेवारी दिएको हो।
मधेसका प्रभावशाली नेताका रूपमा चिनिएका यादव आजै केन्द्रीय सदस्यमा पनि मनोनीत भएका थिए। उनी अमरेश सिंहनिकट मानिन्छन्।
रास्वपाको विधानअनुसार पाँच जना सहमहामन्त्री रहने व्यवस्था छ। पहिलो महाधिवेशनबाट निशा डाँगी, हरि ढकाल र असिम शाह सहमहामन्त्री निर्वाचित भएका थिए। यादवको नियुक्तिसँगै एक सहमहामन्त्री पद भने अझै रिक्त रहेको छ।