नेपाली बजारमा सुनको मूल्य घट्यो, तोलामा १ हजार ८ सय रुपैयाँले गिरावट
काठमाडौं — नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेर २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने आइतबार सुन प्रतिऔँस ४ हजार ६३ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५८ अमेरिकी डलर आसपास कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।