मुग्लिन–नारायणगढ सडक एकतर्फी अवरुद्ध, पहिरो हटाउने काम जारी
चितवन — लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी अवरुद्ध भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेको छ। यस्तै, सिमलतालमा माथिबाट लेदो बगेर सडकमा आएपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजनको उपकरण र जनशक्ति परिचालन गरिएको छ। थप पहिरो वा ढुंगा नखसेमा करिब एक घण्टाभित्र सडक दुईतर्फी सञ्चालनमा ल्याउन सकिने अनुमान गरिएको छ।
हाल उक्त क्षेत्रमा वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै सडक डिभिजन भरतपुरले यात्रुलाई सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।