देउवा आएपछि मात्रै कांग्रेसको दिशा स्पष्ट हुन्छ : रमेश लेखक
नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर देउवा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने नेता रमेश लेखकले बताएका छन्।
देउवाका विश्वासपात्र मानिने लेखकले २९ गते देउवासहित अन्य नेताले सम्बोधन गरेपछि कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा निष्कर्षमा पुगिने बताए।
संस्थापनइतर समूहले २९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा देउवासहित विभिन्न नेताले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम छ।
यसैबीच, नेता शेखर कोइराला पनि देउवा पक्षसँग नजिकिएको चर्चा चलिरहेका बेला उनले समेत उक्त कार्यक्रममा सम्बोधन गर्ने तयारी छ।
कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनअघि विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा निर्वाचित गरे पनि देउवा पक्षले उनको नेतृत्व अस्वीकार गर्दै आएको छ।