शिव शिखर र पशुपति सहकारीका बचतकर्ताको रकम फिर्ता
काठमाडौं — समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो चरणमा रकम फिर्ता पाएका हुन्।
सरकारले समस्याग्रस्त सहकारीको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ।
समितिले थोरै बचत भएका बचतकर्ताबाट सुरु गरी क्रमशः रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्ताको रकम पनि फिर्ता गरिने जनाएको छ। सहकारीको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट बचत फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको समितिले जनाएको छ।