राष्ट्रियसभाको बैठक बस्दै
सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने तयारी छ ।