बालीबाट लोम्बोक जाँदै गरेको डुङ्गामा आगलागी, एक जनाको मृत्यु
इन्डोनेसियाको बाली नजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २११ जनालाई सकुशल उद्धार गरिएको छ।
बालीबाट लोम्बोकतर्फ जाँदै गरेको डुङ्गामा बुधबार बिहान ४ः१५ बजे आगलागी भएको थियो। मृतक इन्डोनेसियाली महिला रहेको अधिकारीहरूले पुष्टि गरेका छन्।
घटनापछि खोज तथा उद्धार एजेन्सी, नौसेना, समुद्री प्रहरीलगायत टोली परिचालन गरी यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको थियो।
डुङ्गामा सवार व्यक्तिको वास्तविक सङ्ख्याबारे प्रारम्भिक विवरणभन्दा बढी व्यक्ति रहेको पाइएको छ। घटनाको कारण पत्ता लगाउन राष्ट्रिय यातायात सुरक्षा समितिले अनुसन्धान सुरु गरेको छ।