हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ दाबी इरानद्वारा अस्वीकार
काठमाडौं । इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गरेको छ। इरानले आफ्ना सर्त पूरा नभएसम्म जलघाँटी पूर्ण रूपमा नखोलिने जनाएको छ।
इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटीले जलघाँटी अझै अवरुद्ध रहेको जनाएको हो। यसअघि ट्रम्पले अमेरिकी नौसेनाले हर्मुज क्षेत्रमा ‘स्टिलको पर्खाल’ जस्तो नियन्त्रण कायम गरेको दाबी गरेका थिए।
इरानका सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले युद्ध तथा नाकाबन्दी अन्त्य, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा र लेबनान तथा गाजामा युद्धविराम हुनुपर्ने माग अघि सारेका छन्। यी सर्त पूरा नभएसम्म हर्मुज जलघाँटी पूर्ण रूपमा नखोलिने उनको भनाइ छ।