मुख्यमन्त्री थापाले भदौ ७ गते विश्वासको मत लिने
मुख्यमन्त्री थापाले आगामी भदौ ७ गते आइतबार दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
एमाले, नेकपा र राप्रपाका ६३ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्राचार गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि भदौ ३ गते दाबी पेस गरेका थापालाई भदौ ४ गते मुख्यमन्त्री नियुक्त गरिएको थियो। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।