जमुनाह नाकाबाट १३ करोडभन्दा बढीका अवैध सामान बरामद
बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०८२/८३ मा १३ करोड ६१ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार बरामदमध्ये ११ करोड ७१ लाख रुपैयाँभन्दा बढीका सामग्री भन्सार कार्यालयमा बुझाइएको छ। साथै ६० लाख ९६ हजार रुपैयाँ स्रोत नखुलेको नगद, २२ लाख ४८ हजार रुपैयाँ बराबरको काठ र करिब २१ लाख रुपैयाँ बराबरका वन्यजन्तुसम्बन्धी ओखेटोपहार पनि बरामद गरिएको छ।
यस अवधिमा अवैध सामान ओसारपसारमा संलग्न २१ जना, लागूऔषधसम्बन्धी कसुरमा २२ जना र मानव बेचबिखन प्रकरणमा २१ जनालाई नियन्त्रणमा लिइएको छ। साथै मानव बेचबिखनको जोखिममा रहेका २३ महिलाको उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ।