बीमा कम्पनीका पूर्व सीईओ रिमाल २५ लाख धरौटीमा रिहा
विशेष अदालतले बीमा कम्पनीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाललाई सम्पत्ति शुद्धिकरण कसुरमा २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।
बुधबार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटी लिएर रिमाललाई तारेखमा छाड्ने आदेश दिएको हो।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार रिमालले अदालतले तोकेको २५ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्।
रिमालविरुद्ध दीपक भट्टसमेत जोडिएको बीमा ऐन र धितोपत्रसम्बन्धी ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको छ।