रुपन्देहीको सैनामैनामा २४ घण्टामा सबैभन्दा बढी वर्षा
पछिल्लो २४ घण्टामा रुपन्देहीको सैनामैनामा सबैभन्दा बढी १५३.२ मिलिमिटर वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको छ।
मौसमविद्का अनुसार पछिल्लो ६ घण्टामा भने देशका कुनै पनि क्षेत्रमा भारी वर्षा भएको छैन। आज पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, डुबान तथा गेग्रान बहावको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।