लालीगुराँस र तपाइँ हाम्रो सहकारीका १२५ बचतकर्तालाई रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारीका ३५ जना र तपाइँ हाम्रो सहकारीका ९० जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।
समितिका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। बाँकी बचतकर्तालाई पनि कानुनी व्यवस्थाअनुसार चरणबद्ध रूपमा रकम फिर्ता गरिने जनाएको छ।