पोखरामा बेहोस भएका अमेरिकी नागरिकको उपचारका क्रममा मृत्यु
पोखरा — कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा हिँडिरहेका बेला अचानक बेहोस भएका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।
स्थानीयवासीको सहयोगमा उनलाई तत्काल उद्धार गरी मेट्रोसिटी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। मृत्युको कारण पोस्टमार्टम प्रतिवेदनपछि खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृतक जोन्स एक महिनादेखि सेदीस्थित दामोदर पहारीको घरमा बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।