विपद् व्यवस्थापनबारे विपक्षी दलले राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
नेपाली कांग्रेसको प्रस्तावमा आज बिहान ११ बजे राष्ट्रियसभामा उक्त प्रस्ताव दर्ता गर्न लागिएको कांग्रेसका राष्ट्रियसभा प्रमुख सचेतक पदम परियारले जानकारी दिए।
परियारका अनुसार मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारले गरेको पूर्वतयारी, जोखिम न्यूनीकरण तथा आवश्यक व्यवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउने उद्देश्यले प्रस्ताव ल्याउन लागिएको हो।
प्रस्तावमा प्रमुख विपक्षी कांग्रेससँगै नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालको समर्थन रहने जनाइएको छ।